• मंगलबार, साउन १२ २०८३

प्रहरीको भ्यान दुर्घटना


मंगलबार, भाद्र ९ २०७७
2.4K
Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित महानगरीय प्रहरी वृत्त कीर्तिपुरको मोवाईल भ्यान दुर्घटना भएको छ ।

पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको बा.१झ ८०६४ नम्बरको भ्यान चोभार गेट नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परेर गाडीमा सवार ७ प्रहरी घाईते भएका महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी रुकेश तन्डुकारले जानकारी दिए ।

घाइते प्रहरीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । ड्युटी पिक एण्ड ड्रप गर्दा ब्रेक फेल भएर भ्यान दुर्घटना भएको हो । भ्यानमा ११ प्रहरी कर्मचारी सवार थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार