• मंगलबार, साउन १२ २०८३

कोरोनाका कारण कांग्रेस नेता गोविन्द रञ्जितको मृत्यु


मंगलबार, भाद्र ९ २०७७
680
Shares


कोरोना संक्रमणबाट नेपाली कांग्रेस काठमाडौं महानगर वडा नम्बर २१ का इकाइ सभापति गोविन्द रञ्जितको मृत्यु भएको छ।

उनलाई एक साताअगाडि कोरोना संक्रमण पुष्टि भएको थियो भने उनी सँगै परिवारका सदस्यमा पनि कोरोना देखिएको छ।

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँका अनुसार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका करिब ६० वर्षीय रञ्जितको मध्यान्ह १२—१७ बजे निधन भएको हो।

उनको शव नेपाली सेनाले अन्त्येष्टि गर्ने जानकारी आएको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार