• आइतबार, साउन १० २०८३

उपत्यकामा मंगलबार थपिए २ सय ३२ कोरोना संक्रमित


मंगलबार, भाद्र ९ २०७७
780
Shares

काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा उपत्यकाभित्र २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए।

मंगलबार थपिएका संक्रमितहरू काठमाडौंका एक सय ९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जना छन्।

उनीहरूको काठमाडौंस्थित विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार