• आइतबार, साउन १० २०८३

आज मात्रै थपिए ८ सय ५५ कोरोना संक्रमित


मंगलबार, भाद्र ९ २०७७
760
Shares

मंगलबार देशभर कोरोनाका ८ सय ५५ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।

विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। यीसहित हालसम्म १९ हजार १ सय १९ जना कोरोनाबाट निको भएका छन्।

विगत २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार