• बिहिबार, असोज १५ २०८३

आन्तरिक उडानका लागि नयाँ जहाज खरिद गर्ने एयरलाइन्सको तयारी


मंगलबार, भाद्र ९ २०७७
810
Shares

काठमाडौं । चिनबाट ल्याएको जहाज चल्ने सम्भावना नदेखिए पछि नेपाल एयरलाइन्सले थप नयाँ जहाज किन्ने तयारी गरिरहेको छ।

चिनियाँ जहाज नेपाली आकाशमा चल्ने सम्भावना नदेखिएपछि जहाज नचलाउने निर्णय गरी एयरलाइन्सले मन्त्रालयमा प्रस्ताव पठाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए।

जहाज नचलाउने भएपनि व्यवस्थापन कसरी गर्ने भनेर अहिले अर्थमन्त्रालयमा सुझावका लागि पठाइएको र त्यहाँबाट सुझाव आएपछि जहाजको व्यवस्थापन गरिने मन्त्री भट्टराईले जानकारी दिए।

यी जहाज ग्राउन्डेड भएपछि अब नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि नयाँ जहाज किन्ने तयारी गरिरहेको मन्त्री भट्टराईले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार