• शुक्रबार, भाद्र ५ २०८३

उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्न तीन जिल्लाका सिडिओको बैठक


मंगलबार, भाद्र ९ २०७७
735
Shares

हाल उपत्यकामा कोरोनाको जोखिम भयावह बन्दै गएकाले जारी निषेधाज्ञाबारे छलफल गर्न तीन जिल्लाका सिडिओको बैठक राखेका छन्।

कोरोना महामारी र निषेधाज्ञालगायत सबै विषयमा छलफल गर्न मंगलबार दिउँसो ३ बजे सिडिओहरूबीच छलफल हुने भएको हो।

बैठकमा तीन जना प्रमुख जिल्ला अधिकारीहरू मात्र सहभागी हुने ललितपुरका सिडिओ नारायणप्रसाद भट्टले बताए।

काठमाडौं उपत्यकामा निषेधाज्ञा निर्णय भएको बुधबार एक साता पुग्दैछ।निषेधाज्ञालाई निरन्तरता दिने वा नदिने भन्नेबारे छलफल हुनसक्ने बुझिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार