• शुक्रबार, भाद्र ५ २०८३

नेपालमा थप दुई संक्रमितको मृत्यु


मंगलबार, भाद्र ९ २०७७
790
Shares

नेपालमा मंगलबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको मनरासिस्वा नगरपालिका वडा नम्बर ५ का एक जना ७५ वर्षीय कोरोना संक्रमित पुरूषको आज जिल्ला अस्पताल जलेश्वर ल्याउने क्रममा मृत्यु भएको हो।

क्यान्सरबाट पीडित ती पुरूष केही दिन पहिले चितवनको क्यान्सर अस्पतालमा उपचार गराएर फर्केका थिए। त्यहाँ उनको पिसिआर समेत परीक्षण गरिएको थियो। अस्पतालबाट फर्केका उनी घरमै बसिरहेका थिए। उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा भर्ना गर्नका लागि जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला अस्पताल महोत्तरीका कोरोना फोकल पर्सन गिरेन्द्र कुमार झाले जानकारी दिए।

त्यस्तै, अर्का एक जना महोत्तरीकै बलबा नगरपालिका वडा नम्बर ३ का ७७ वर्षीय कोरोना संक्रमित पुरूषको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन कुमार झाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार