• मंगलबार, साउन १२ २०८३

क्यानको साधारणसभा स्थगित


मंगलबार, भाद्र ९ २०७७
635
Shares

काठमाडौं । कोरोनाको जोखिम बढे पछि भदौ दोस्रो साताका लागि तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ ।

क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र सरकारले एक सातादेखि लगाएको निषेधाज्ञाका कारण भदौमा तय भएको क्यानको वार्षिक साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

गत साउन पहिलो साता बसेको क्यान कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारणसभा गर्ने निर्णय गरेको थियो । स्थगित साधारणसभा आईसीसीसँगको समन्वय र सहज वातावरणपछि मिति तय गर्ने विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार