• आइतबार, साउन १० २०८३

एक संक्रमितबाट नौ जनामा सर्‍यो कोरोना


मंगलबार, भाद्र ९ २०७७
705
Shares

बागलुङ नगरपालिका­ –३ कि एक व्यवसायी महिलामा एक साताअघि कोरोना देखिएपछि बागलुङ बजारमा समुदायमा कोरोना सरेको पुष्टि भएको छ।

ती महिलाको कन्ट्याक्ट ट्रेसिङ गर्दा हालसम्म थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

एकै जनाबाट समुदायका नौ जनामा कोरोना फैलिएपछि बागलुङ जिल्ला सदरमुकाममा उच्च सतर्कता अपनाइएको तथा भदौ ३ गतेदेखि आजसम्मको निषेधाज्ञा यही भदौ १५ गतेसम्म लम्बाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए।संक्रमित महिलाका सम्पर्कमा आएका २५ जनाभन्दा बढी रहेको सूचनापछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा शुरुमा परिवारका सदस्य र आफन्तसहित छ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।

त्यसको भोलिपल्ट ६ जनाको सम्पर्कमा आएकाको स्वाब परीक्षण गर्दा एक जना र ती संक्रमितको सम्पर्कमा आएकाको स्वाब परीक्षण गर्दा सोमबार पुनः दुई जना गरी एकै व्यक्तिबाट हालसम्म ९ जनामा कोरोना सरेको पाइएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए।

बागलुङ नगरपालिका–३ हाडेपाखामा कुखुरापालन व्यवसायी गर्दै आएकी ती महिलाभन्दा अघि बानपा­ २ की होटल व्यवसायी महिलामा कोरोना देखिएको थियो।

उनको कन्ट्याक्ट ट्रेसिङबाट अन्य व्यक्तिमा संक्रमण नदेखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ। हालसम्म संक्रमितको सम्पर्कमा आएका १ सय ५१ जनाको स्वाब परीक्षण गर्दा बागलुङ नगरपालिकामा १० जनामा सक्रमण पुष्टि भएको तथा ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको खनालले जानकारी दिए। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार