• शुक्रबार, भाद्र ५ २०८३

लाइसेन्सको म्याद सकियाे ? चिन्ता नलिनुस्, भदौ मसान्तसम्म जरिवाना लाग्दैन


मंगलबार, भाद्र ९ २०७७
900
Shares

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्ने म्याद लकडाउनको अवधिमा सकिएकाले भदौ मसान्तसम्म नवीकरण गर्न पाउने भएका छन्।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै बन्दाबन्दीको कारणले ढिलो भएबापत् बुझाउनु पर्ने शुल्क जरिवाना मिनाहा गरेको जनाएकाे छ।

यो निणर्यअनुसार सेवाग्राहीले चैत ११ पछि म्याद सकिएको भए भदौ मसान्तसम्म कुनै जरिवाना तिर्नुपर्ने छैन।

नेपाल सरकारको साउन ५ गतेको जरिवाना मिनाहाको निणर्य कार्यान्वयनको लागि विभागको ‘सिस्टम मोडिफिकेसन’ समेत भइसकेको सूचनामा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार