• आइतबार, साउन १० २०८३

एक सञ्चारकर्मीसहित पोखरामा थपिए ११ संक्रमित


मंगलबार, भाद्र ९ २०७७
745
Shares

Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.


यहाँ एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा चार कोरोना सङ्क्रमित मध्ये एक सञ्चारकर्मी समेत परेको उल्लेख छ ।

स्थानीय रेडियो र पत्रिकामा रिपोर्टिङ गर्ने ३४ वर्षीय ती पुरुष सञ्चारकर्मीमा सङ्क्रमणको लक्षण नभएको तर कन्ट्रयाक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा पोजिटिभ देखिएको जनाइएको छ ।

कोरोनाको जोखिम बढ्दै गएपछि पोखरा– २८ घरभएका सञ्चारकर्मीले आफू कार्यरत एफएममै आवासीय रुपमै रहेर काम गर्दै आउनु भएको थियो ।

पोखरा –२७ को एक बैंकमा कार्यरत सुरक्षाकर्मीलाई सङ्क्रमण पुष्टि भएपछि ती सञ्चारकर्मी कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए । उक्त बैंक भएको भवनमा उनी कार्यरत एफएम रहेको छ । उनको स्वाब शनिबार पोखरा –२७ को वडा कार्यालयमा सङकलन गरिएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि उनलाई आइसोलेशनमा लैजाने तयारी गरिएको छ । उनीसँग परिवारका व्यक्ति पनि सम्पर्कमा आएकाले कन्ट्रयाक्ट ट्रेसिङको प्रक्रिया अघि बढाइएको छ ।

प्रदेश निर्देशनालयको मंगलबार सार्वजनिक पछिल्लो जानकारी अनुसार पोखरामा मात्रै ११ र गण्डकीमा १७ कोरोना सङक्रमित थपिएका छन् । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार