काठमाडौं ।मौसम पूर्वानुमानका अनुसार आज गण्डकीलगायत चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।
मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय र पहिरो जानसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।