• मंगलबार, साउन १२ २०८३

नेपालमा कोरोनाबाट थप एक पुरुषको मृत्यु


मंगलबार, भाद्र ९ २०७७
670
Shares

बुटवल । नेपालमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।

रुपन्देही गैडहवा गाउँपालिका– ३ का ५५ वर्षीय पुरुषको सोमबार राति भीम अस्पतालमा मृत्यु भएको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले बताए ।

एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दवाव दिएकाले उनलाई भीम अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार