• मंगलबार, साउन १२ २०८३

एक बर्षमा नेपाल भित्रियो आठ खर्ब ७५ अर्ब रेमिट्यान्स


मंगलबार, भाद्र ९ २०७७
795
Shares

एक वर्ष अधिमा नेपालमा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ० दशमलव ५ प्रतिशत मात्रै रेमिट्यान्स घटेको हो।

आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई ७५ अर्ब ३ करोड कायम भएको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७. प्रतिशतले बढेको थियो।

आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ।

अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ।

अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो। आर्थिक वर्ष २०७६/७७ मा खुद ट्रान्सफर आयमा १.३ प्रतिशतले कमी आई ९ खर्ब ८२ अर्ब २२ करोड कायम भएको छ।

अघिल्लो वर्ष यस्तो आय १५.० प्रतिशतले बढेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार