• मंगलबार, साउन १२ २०८३

स्मार्ट लाइसेन्स छपाई सकियो, नयाँले छिट्टै पाउने


सोमबार, भाद्र ८ २०७७
645
Shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले लाइसेन्स पाउन लामो समय कुर्नु नपर्ने जनाएको छ।

यातायात व्यवस्था विभागले पुराना सबै लाइसेन्स छपाइ गरेकाले नयाँले छिट्टै पाउने विभागकाे दाबी छ।

यातायात व्यवस्था विभागले लकडाउन अवधिभर ५ लाख बढी लाइसेन्स छपाइ गरेको छ। ट्रायल पास गरेका वा नवीकरण गरेका सवारी चालकले लाइसेन्स पाउन एक वर्षसम्म कुर्नुपर्ने अवस्था अन्त्य हुने विभागको भनाइ छ।

यातायात व्यवस्था विभागले लकडाउनको बेला पनि स्मार्ट लाइसेन्स छपाइको काम जारी राख्दा धेरैले स्मार्ट लाइसेन्स पाउने भएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार