• मंगलबार, साउन १२ २०८३

नेपालमा कोरोनाबाट २२ वर्षीय एक युवाको मृत्यु


सोमबार, भाद्र ८ २०७७
755
Shares

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट सिरहाका एक २२ वर्षीय युवकको सोमबार मृत्यु भएको छ ।

सिराहाको गोविन्दपुर, मलाहाना —२ का युवकमा अत्याधिक खोकी, श्वसप्रश्वसमा समस्या आए सँगै उच्च ज्वारो आएकोले भदौ २ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागी लगिएको थियो ।

स्वाब संकलन गरि प्ररिक्षण गर्दा भदौ ७ गते संक्रमण पुष्टि भएको हो। उपचारको क्रममा आज दिउसोँ ३ बजे ती युवकको मृत्यु भएको छ ।

मृतक युवक लागु पदार्थको सेवनकर्ता रहनुको साथै मुटु रोगी पनि रहेको प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार