• शुक्रबार, भाद्र ५ २०८३

घर-घरमा गएर स्वाब संकलन नगर्न निर्देशन


सोमबार, भाद्र ८ २०७७
780
Shares

घरघरबाट स्वाब संकलन गर्ने नाममा बढी शुल्क लिने गरेको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी प्रयोगशाालाहरूलाई तत्काल सो कार्य  बन्द गर्न निर्देशन दिएको छ।

प्रयोगशालाले सूचना जारी गर्दै ‘होम कलेक्सन’ नगर्न निर्देशन दिएको हो।

‘नेपाल सरकारबाट कोभिड-१९ को पिसिआर परीक्षण गर्नका लागि अनुमति प्राप्त गरेका निजी प्रयोगशालाले होम कलेक्सन नगर्न, नगराउन सम्बन्धित सबैमा सूचित गरिन्छ। परीक्षण गर्न चाहने कुनै पनि व्यक्तिले सम्बन्धित स्वास्थ्य संस्थामा स्वयम् उपस्थित भएर स्वाब संकलन गराउन हुनु अनुरोध छ,’ सूचनामा भनिएको छ।

प्रयोगशालाकी निर्देशक डा. रूना झाले पनि घरघरबाट स्वाब संकलन गर्ने नाममा निजी प्रयोगशालाहरूले बढी शुल्क लिने गरेको पाइएको भन्दै त्यसलाई रोक्न निर्देशन दिइएको बताइन्।

उनले निजी प्रयोगशालाहरूले भिआइपी व्यक्तिहरूको घरघर पुगेरै सेवा दिने नाममा बढी शुल्क लिने गरेको जनाइन्। साथै निजी प्रयोगशालाहरूले होम कलेक्सन गर्दै सर्वसाधारणकाे परीक्षण गर्नलाई प्रचार समेत गर्ने गरिएको डा. झाले बताइन्।

प्रयोगशालाले पिसिआर परीक्षण गर्न चाहने व्यक्तिलाई सरकारले तोकेको ५ हजार ५ सय भन्दा बढी शुल्क नतिर्न अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार