• आइतबार, साउन १० २०८३

उपत्यकामा आज मात्रै थपिए २ सय २४ संक्रमित


सोमबार, भाद्र ८ २०७७
665
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २ सय २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ र होम आइसोलेसनमा ४ हजार ५ सय ६१ जना रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार