नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
आज २ सय ४६ महिला र ४ सय ९७ पुरुष संक्रमित भएका हुन्।आज १० हजार २ सय ३४ गरी ६ लाख १० हजार ४ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।
१३ हजार ७ सय १५ जना संक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए।त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ७५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १८ हजार ८ सय ६ पुगेको छ।