• बिहिबार, असोज १५ २०८३

विश्वभरका यी १० देश, जहाँ छैनन् संक्रमित


सोमबार, भाद्र ८ २०७७
860
Shares


कोरोना भाइरस ‘कोभिड—१९’ बाट हालसम्म २ करोड ३५ लाख ८६ हजार ९ सय ३ संक्रमित बनिसकेका छन्।

कोरोनाले हालसम्म ८ लाख १२ हजार ५ सय ३९ को ज्यान लिइसक्दा १ करोड ६० लाख ८६ हजार उपचारपछि स्वस्थ बनेका छन्।

विश्वव्यापी बनिसकेको कोरोना भाइरस विश्वभरका प्राय सबै राष्ट्रमा पुगिसकेको छ। यद्यपी यस भाइरस दश राष्ट्रमा भने अहिलेसम्म पुग्न सकेको छैन।

पलाउ, मार्सल आइल्यान्ड, माइक्रोनेसिया, नाउरु, सामोआ, सोलोमन आइल्याण्ड, किरिबाती, वानुअतु र तुवालु यी देशमा हालसम्म कुनै व्यक्तिपनि कोरोनाबाट संक्रमित छैनन्।

उत्तर कोरियामा पनि हालसम्म कसैमा कोरोना पुष्टि भएको खबर प्राप्त भएको छैन। यद्यपी त्यहाँ कोरोना लागेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको थियो।

एक व्यक्तिमा कोरोना आशंका गरिएसँगै त्यहाँ लकडाउन नै गरिएको थियो। बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार