उपत्यकाको १० निजी अस्पताललाई तत्काल आइसोलेसन बनाउन सिफारिस गरिएको छ।
जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीएमसी) ले उपत्यकाभित्रका केही अस्पतालका आइसोलेसन बेडको संख्यासहित सरकारलाई बुझाएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।
ती अस्पताललाई थप व्यवस्थित गर्न र प्रयोग गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालय र स्थानीय तहले गर्नुपर्ने डीसीएमसीले निर्णय गरेको छ। मनमोहन अस्पताल, नेसनल मेडिकल कलेज, जनमैत्री अस्पताललगायत १० वटा अस्पतालको शय्यासहित सिफारिस गरिएको प्रजिअ दाहालले बताए।स्वास्थ्य सेवा विभागले निजी अस्पताल प्रयोगका लागि थप कार्य योजना तयार गरेको छ।
सरकारलाई तत्कालै निर्णय गर्न आग्रह गरिएकोले सोमबार बस्ने बैठकले यस विषयमा निर्णय गर्ने प्रजिअ दाहालले बताए।