• मंगलबार, साउन १२ २०८३

प्रदेश ५ मा सुरु भयो प्लाज्मा थेरापी सेवा


सोमबार, भाद्र ८ २०७७
730
Shares

प्रदेश ५ को लुम्बिनी प्रदेशिक अस्पतालद्वारा संचालित बुटवल कोरोना विशेष अस्पतालमा सोमबारदेखि प्लाज्मा थेरापी सेवा सुरु भएको छ ।

कोरोना अस्पतालमा उपचारत कोरोना संक्रमित बिरामीहरुलाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सेवा सुरु भएको अस्पालतका फोकल पसर्न डा.सुर्दशन थापाले जानकारी दिए ।

बुटवलको कोरोना विशेष अस्पतालमा उक्त विधिको सेवा सुरु भएको प्रदेश ५ मै पहिलो पटक हो । बुटवलको कोरोना अस्पतालको आईसीयूमा १४ जना र आइसोलेसनमा २३ जना रहेका छन् ।

अव यो सेवा शुरु भएपछि कोरोना संक्रमणबाट जटिल अवस्थामा पुगेका विरामीलाई पनि बचाउन सक्ने विश्वास लिइएको डा. थापाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार