• शुक्रबार, भाद्र ५ २०८३

पिएसजी हारेको झोंकमा आगजनी


सोमबार, भाद्र ८ २०७७
655
Shares

पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपियन च्याम्पियन्स लिगको फाइनल हारेको झोंकमा आगजनी गरेको छ ।

आइतबार राति पोर्चुगलको लिम्बनमा जर्मन क्लब वायर्न म्युनिखविरुद्धको फाइनलमा १—० ले पराजित लगत्तै पेरिसको पार्स डेस प्रिन्सेसमा जम्मा भएका पिएसजीका समर्थकले कारमा आगजनी र तोडफोडमा उत्रिएका थिए। खेल हेर्न ५ हजार बढी समर्थक जम्मा भएको बताइएको छ।

आफ्नो टिम फाइनलमा पराजित भएपछि समर्थकहरुले पसलमा पनि तोडफोड गरेको बताइएको छ। आगजनी तथा तोडफोडमा उत्रिएपछि प्रहरीसँग समर्थकको झडप भएको र प्रहरीले १ सय ४८ जना पक्राउ परेका छन् ।

फाइनल हेर्नका लागि सामाजिक दूरीको नियम भनिएको थियो। त्यसक्रममा केहि समर्थकले नियम तोडेपछि खेलकै क्रममा पनि झडप भएको थियो। केहीले आगजनी गर्न थालेपछि प्रहरीले टियर ग्यास हानेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार