• आइतबार, साउन १० २०८३

सुरक्षाकर्मीमा संक्रमितको संख्या एक हजार नाघ्यो


सोमबार, भाद्र ८ २०७७
1.1K
Shares

व्यापक रुपमा फैलिरहेको कोरोना भाइरस सुरक्षाकर्मीमा मात्रै संक्रमितको संख्या एक हजार नाघेको छ ।

सोमबारसम्म नेपालका विभिन्न स्थानमा खटिएका प्रहरीमा संक्रमण हुनेको संख्या एक हजार एक सय ४२ पुगेको हो। तीमध्ये सात सय ४४ जना देशका विभिन्न स्थानमा रहेको अस्पतात तथा आइसोलेशन सेन्टरमा उपचाररत छन्।

बाँकी ३ सय ९८ जना प्रहरी कर्मचारीहरू उपचारपछि घर फर्किसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।

उनका अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा मात्रै २ सय १ जना संक्रमित छन्। महानगरीय प्रहरी कार्यालय, रानीपोखरी अन्तर्गत पर्ने तीन जिल्लामा ७९ जना संक्रमित प्रहरी छन्।

त्यस्तै प्रदेश नम्बर १ मा एक सय ५६, प्रदेश दुईमा १ सय २६, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा २८, प्रदेश नम्बर पाँचमा ७९, कर्णलीमा १६ जना र सुदुरपश्चिम प्रदेशमा १२ जना संक्रमितको उपचार भइरहेको प्रवक्ता एसएसपी कडायतले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार