• शुक्रबार, भाद्र ५ २०८३

दुबईमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याइयो


सोमबार, भाद्र ८ २०७७
795
Shares

दुबईमा अलपत्र परेर बसेका नेपालीलाई स्वदेश फिर्ता ल्याएको छ ।

सीसीएमसीले भदौ २ गतेबाट चार्टर्ड उडान बन्द गर्न निर्देशन दिएपछि नेपाली ल्याउन गएको जहाज दुबई पुगेर पनि खाली फर्किएको थियो।

निगमको जहाजले दुबईबाट दुई बच्चासहित २ सय ६४ यात्रु काठमाडौं ल्याएको निगमले जानकारी दिएको छ।उक्त जहाजले काठमाडौंबाट एक बच्चासहित १ सय ६५ जना लिएर दुबई पुगेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौं–दुबईका लागि उडान सञ्चालन गरेको हो।

भदौ १६ गतेदेखी नियमित उडान मार्फत नेपालीहरुलाई ल्याउने मन्त्रिपरिषदले निर्णय गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार