• शुक्रबार, भाद्र ५ २०८३

तयार भए जनकपुर—जयनगर चल्ने दुई रेल


सोमबार, भाद्र ८ २०७७
695
Shares

रेल विभागका अनुसार १३०० यात्रु क्षमताको इलेक्ट्रिक भएको जनकपुर—जयनगर गुड्ने रेल तयार भएको छ।

विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त रेल पटनाको सोनपुर—हाजिपुरमा आइपुगेको छ।

तर, कोरोना महामारीको कारण नेपालसम्म ल्याउन केही समय लाग्ने मिश्रले बताए।

यो रेल बनाउन भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीलाई दिइएको थियो। यो कम्पनी रेल निर्माणका लागि भारतमा ख्यातिप्राप्त छ।

मिश्रका अनुसार कोङकड रेल्वे कर्पोरेसनले सामग्रीहरू सप्लाई गरेको थियो।

विभागले भ्याटबाहेक ८६ करोडमा दुई वटा रेल बनाउन भारतीय कम्पनीलाई जिम्मा दिएको हो।यो रेल डिजेलबाट स्टार्ट हुन्छ र जेनेरेटरबाट पैदा भएको बिजुलीबाट चल्छ। रेलले १२०० देखि १३०० जना यात्रु क्षमता राख्छ।

रेललाई फर्काइराख्नु पर्दैन। दुबैतिर इन्जिन रहेकाले यो रेल चलाउन निकै सजिलो रहेको मिश्रले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार