• मंगलबार, साउन १२ २०८३

कोरोना संक्रमित ७० वर्षिय वृद्धाको मृत्यु


सोमबार, भाद्र ८ २०७७
720
Shares

वीरगञ्ज । आज फेरि वीरगञ्जमा एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार कोरोना संक्रमण पुष्टि भएकी पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाही ७० वर्षीया वृद्धाको आइतबार विहान ११ः४० बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

क्षयरोग भएकी वृद्धाको स्वास प्रश्वासमा समस्या आएपछि भदौ ६ गते शनिबार परिवारले नारायणी अस्पतालमा भर्ना गरेका थिए । शनिबार नै स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोभिड अस्पतालमा आईसीयु बेड खाली नभएका कारण उनलाई नारायणी अस्पतालकै आईसीयूमा राखेर उपचार गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार