• आइतबार, साउन १० २०८३

गण्डकी प्रदेशका ६ वर्षिय बालिकासहित थप ८ जनामा संक्रमण


सोमबार, भाद्र ८ २०७७
800
Shares

Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.

काठमाडौं । गण्डकी प्रदेशमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा २–२ जना तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना पुष्टि भएको हो ।
नवलपुरको विनयत्रिवेणी–१ मा ६ वर्षीया बालिका र २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

तनहुँको ब्यास–५ र शुक्लागण्डकी–४ मा १–१ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्लुङ नगरपालिका–२ मा २० र २२ वर्षका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयलले जनाएको छ ।

म्याग्दीको बेनीमा २० वर्षीय पुरुष र स्याङ्जाको पुतलीबजारमा ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि भएकाहरुको संख्या १ हजार ८ सय ८८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार