• मंगलबार, साउन १२ २०८३

पीएसजी र बार्यनबिचकाे फाइनल खेल केहिछिनमा सुरु हुदै, कसकाे सम्भावना कति ?


आइतबार, भाद्र ७ २०७७
835
Shares

यूइएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल अब केहि समयपछि सुरु हुँदैछ।

विश्वस्तरीय खेलाडीहरु सम्मिलत रहेका टोली पेरिस सेन्ट जर्मेन पीएसजी र बार्यन म्युनिखबीच नेपाली समयअनुसार आज राति १२ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा हुनेछ।

रोवर्ट लिवानडोस्की, फिलिपे कोटिन्हो, थोमस मुलर, म्यानुअल न्युअर, लिरो साने, डेभिड अलाबा, जेरोमी बोट्याङ, अलफन्सो डेभिसजस्ता खेलाडी समावेश रहेको बार्यनले यसअघि पाँचपटक च्याम्पियन्स लिग जितिसकेको छ।

पीएसजीलाई जित्दै बार्यन छैठौं उपाधि जित्ने दाउमा छ। पीएसजी भने च्याम्पियन्स लिगको उपाधि पहिलोपटक जित्ने तयारीमा छ।

पीएसजीमा नेमार जुनियर, केलिएन एबाप्पे, डि मारिया, थियागो सिल्भा, केलोर नाभास, मार्को भेराटी, माउरो इकार्डी, माक्विनहोसजस्ता खेलाडी छन्।

बार्यनले यसपटक क्वार्टर फाइनलमा बलियो क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको थियो।

फाइनल पुग्नलाई बार्यनले लियोनमाथि ३–० को जित निकालेको थियो। पीएसजीले पनि फाइनलमा पुग्न आरबी लिपजिगमाथि ३–० को जित हात पारेको थियो।

आजको खेल निकै आक्रमक र रोमान्चक हुने अनुमान गरिएको छ। इतिहास हेर्दा बार्यन बलियो देखिन्छ तर पछिल्लो समय पीएसजी घरेलु लिगको च्याम्पियन लगातार जस्तो बन्दै आएको छ।

पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो भने बार्यनले ११ औं फाइनल खेल्न लागेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार