• बिहिबार, असोज १५ २०८३

गोरखासहित देशका ४८ जिल्लामा निषेधाज्ञा जारी, काेराेनाकाे जाेखिम बढ्दाे


आइतबार, भाद्र ७ २०७७
800
Shares

गोरखा । कोरोना संक्रमणको जोखिमका कारण गोरखा सहित देशका ४८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

आफ्नो जिल्लामा निशेधाज्ञा जारी गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नै दिएपछि जोखिम अनुसारको निर्णय भएका छन्।

गृह मन्त्रालयको आइतबार साँझको तथ्यांक अनुसार देशका ४८ जिल्लामा निषेधाज्ञा जारी भएकाे उल्लेख छ ।

गोरखामा भदाै १ गते एक साताका लागि निषेधाज्ञा जारी गरिएकाे थियाे । तर साे निषेधाज्ञा आज आइतबार सकिएपछि आजै प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइकाे अध्यक्षतामा भएकाे जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा एक हप्ता (७दिन) थप गरेको छ । आज सकिने निषेधाज्ञा अब भदाै १४ सम्म कायम रहने बताइएकाे छ ।

काठमाडौँ, चितवन र पोखरा लगायत शहरमा संक्रमण उच्च भएकाले गोरखालाई सुरक्षित राख्न तत्कालका लागी यस अघि जस्तै निषेधाज्ञालाई निरन्तरता दिने निणर्य भएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्क राेकाले सिभिलखबरलाई बताए ।

गृह मन्त्रालयको तथ्यांक अनुसार नुवाकोट र कपिलवस्तुमा सेवा बन्द गरिए पनि निशेधाज्ञा भने लगाइएको छैन। तर, उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरसहित अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ। उपत्यकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

कतिपय जिल्लामा पूरै जिल्लाभर र केही जिल्लाले संक्रमण देखिएको क्षेत्रमा मात्रै निषेधाज्ञा जारी गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार