आइतबार देशभर कोरोनाका ८ सय १८ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएको उनले जानकारी दिए। यीसहित हालसम्म १८ हजार ६ सय ३१ जना कोरोनाबाट निको भएका छन्। संक्रमितको कुल संख्यामा निको हुनेको संख्या ५८ प्रतिशत हो।
विगत २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हालसम्म ६ लाख ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ।
त्यस्तै विगत २४ घण्टामा थप ३ जनामा मृतकमा कोरोना पुष्टि भएको छ। हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।
अब देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा १३ हजार १ सय ५५ सक्रिय संक्रमित छन्।