Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
गोरखामा आइतबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।
सर्लाहिबाट गोरखा अदालत हाजिर हुन साउन ३० गते आएका २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनले भदौ ३ गते परिक्षणको लागी स्वाब दिएको र आज आइतबार संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयका सूचना अधिकारी राजु रावण न्यौपानेले जानकारी दिए ।
उनी साउन ३१ देखि गोरखा नगरपालिका वडा नम्बर १० को मनकामना आवसीय बहिरा विद्यलयको क्वारेनटाइनमा बसेको न्यौपानेले बताए ।
यो सँगै गोरखामा संक्रमितको संख्या १ सय २१ पुगेको छ भने सक्रिय संक्रमित २ जना रहेका छन् ।