गोरखा । गोरखामा भदाै १ देखि जारी निषेधाज्ञा पुन एक साताका लागि थपिएकाे छ ।
जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकले निषेधाज्ञा एक हप्ता (७दिन) थप गरेको छ । आज सकिने निषेधाज्ञा अब भदाै १४ सम्म कायम रहने बताइएकाे छ ।
काठमाडौँ, चितवन र पोखरा लगायत शहरमा संक्रमण उच्च भएकाले गोरखालाई सुरक्षित राख्न तत्कालका लागी यस अघि जस्तै निषेधाज्ञालाई निरन्तरता दिने निणर्य भएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्क राेकाले सिभिलखबरलाई बताए ।