• आइतबार, साउन १० २०८३

गण्डकी प्रदेशमा थप ११ जना नयाँ संक्रमित


आइतबार, भाद्र ७ २०७७
665
Shares

Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient

पोखरा । गण्डकी प्रदेशमा आज फेरी ११ जना नयाँ संक्रमित थपिएका छन् ।

पोखराको कास्‍की सेवा अस्पतालमा २ जना, पोखरा महानगरपालिका— १६ मा २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।पोखरा – १६ मा ३१ वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

आइतबार नै नवलपुरको विनय त्रिवेणी नगरपालिका—१ मा मात्र ३ जना महिला र ३ जना पुरुष गरी ६ जनालाई संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

गोरखा नगरपालिका— १ मा २८ वर्षीय पुरुषमा पनि आइतबार दिउँसो संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ८ सय ७० जना पुगेको छ । जसमध्ये १ हजार ६ सय ११ जना निको भएर घर फर्केका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार