• आइतबार, साउन १० २०८३

कास्की सेवा हस्पिटलमा कार्यरत नर्सलाई संक्रमण


आइतबार, भाद्र ७ २०७७
875
Shares

Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.

पोखरा । पोखराको कास्की सेवा हस्पिटलको एक जना नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भदौ २ गते राति कोरोना संक्रमित तनहुँकी ५० वर्षकी महिलाको मृत्यु भएपछि अस्पतालका ५२ जनाको स्वाब परीक्षण गरिएको थियो ।

तीमध्ये आइतबार स्टार्फ नर्स र आईसीयूमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगर स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले जानकारी दिए । संक्रमित नर्सलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार गर्ने बताएको छ ।

संक्रमित महिलालाई निमोनियाको समस्या देखिएको र स्वास्थ्यमा सुधार भइरहेको डा.खड्काले बताए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७० पुगेको छ । गण्डकीमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार