• मंगलबार, साउन १२ २०८३

च्याम्पियन्स लिग फाइनल आज : बायर्न र पीएसजी भिड्दै


आइतबार, भाद्र ७ २०७७
1.4K
Shares

काठमाडौं । युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको फाइनल आइतबार राति हुँदैछ ।

नेपाली समय अनुसार राति पौने १ बजे पोर्चुगलको लिस्वनमा हुने खेलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पीएसजी भिड्नेछन् ।

५ पटकको च्याम्पियन बायर्न सेमिफाइनलमा लियोनलाइ हराउदै ११ औं पटक च्याम्पियन्स लिग फाइनल खेल्दैछ भने फ्रेन्च क्लब पीएसजी आरबी लाइपजिगलाई पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगेको हो ।

बायर्नले पछिल्लो पटक २०१३ मा जर्मनीकै बोरुसिया डर्टमण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । ७ वर्षपछि बायर्न च्याम्पियन्स लिगको फाइनल खेल्दैछ ।

उता पहिलो पटक फाइनल पुगेको पीएसजी पहिलोपटक उपाधि जित्ने लक्ष्यमा छ । पीएसजीले बायर्नलाई पराजित गरेमा च्याम्पियन्स लिग जित्ने दोस्रो फ्रेन्च क्लब बन्नेछ । यसअघि सन् १९९३ मा फ्रान्सको मार्सेले उपाधि जितेको थियो । अहिलेसम्म २२ क्लबले उपाधि जितेका छन् ।

बायर्न र पीएसजी बीचको फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । कप्तान थिएगो सिल्भाको नेतृत्वमा पीएसजीमा नेमार, एमबाप्पे तथा डि मारिया जस्ता युवा स्टार खेलाडि रहेका छन् । बायर्नमा रोवर्ट लेवान्डवस्की, सर्जी नाब्री र थोमस मुलर तथा गोलकिपरमा मानुएल नोएको प्रदर्शन उत्कृष्ट छ ।

यि दुइ टिम बिचको हेड टु हेडमा भने पीएसजी अघि छ । अहिलेसम्म यी दुई टिमबीच ८ पटक खेल भएकोमा पीएसजीले ५ पटक जित हात पारेको छ । ३ पटक बायर्न विजयी भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार