• मंगलबार, साउन १२ २०८३

प्रहरी हिरासतमा रहेका दुई संक्रमित अस्पतालबाटै फरार


आइतबार, भाद्र ७ २०७७
745
Shares

वीरगन्ज — प्रहरी हिरासतमा रहेका दुई संक्रमित वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा शनिबार राति फरार भएका छन् ।

राति करिब २ बजे स्वास्थ्यकर्मी राउन्डमा आउँदा दुई संक्रमितलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनीहरू अस्पतालको पछाडि रहेको पोखरीमा हाम फालेर भागेको हुन सक्ने अस्पताल स्रोतले जनाएको छ । प्रहरीले उनीहरूको खोजतलास गरिरहेको छ ।

पर्सा प्रहरी प्रवक्त डीएसपी मनोजित कुँवरका अनुसार दुवै जना सार्वजनिक अपराधमा पक्राउ परेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार