• आइतबार, साउन १० २०८३

स्पाइनल इञ्जुरी अस्पतालका २३ कर्मचारीलाई कोरोना संक्रमण


आइतबार, भाद्र ७ २०७७
795
Shares

Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient

बनेपा नगरपालिका­ १३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ।

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्मको लागि स्पाइनल इञ्जुरी अस्पतालतथा त्यसआसपासको टोलभित्र आवतजावतमा रोक लगाएको वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापितले जानकारी दिए।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार शनिबार एकैदिन जिल्लामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ जना र धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारीमा गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरुको सम्बन्धित अस्पतालमा नै उपचार भइरहेको डा. झाले बताए। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार