• आइतबार, साउन १० २०८३

प्रसूति गृहमा ३ चिकित्सक सहित ८ जनालाई कोरोना संक्रमण


आइतबार, भाद्र ७ २०७७
1.2K
Shares

काठमाण्डाैं । थापाथलीस्थित प्रसूति गृहमा तीन जना चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रसुति गृहका निर्देशक डाक्टर संगीता  कौशल मिश्रका अनुसार अस्पतालमा कायर्रत ३ जना चिकित्सक सहित नर्स, प्राविधिक, फार्मेसीमा काम गर्ने व्यक्ति, सुरक्षागार्ड र अस्पतालभित्र रहेको बैंकका कर्मचारी एक एक जना रहेका छन् ।

संक्रमितमध्ये दुई जना टेकु अस्पतालको आइसोलेसनमा रहेको र बाँकी संक्रमित भने होम आइसोलेसनमा रहेको उनले बताइन् ।

स्वास्थ्यकर्मीलाई संक्रमण देखिए पनि अस्पतालको सम्पुर्ण सेवा सुचारु रहेको मिश्रले बताइन्। उनले संक्रमण देखिएपछि थप सतर्कता अपनाइएको जानकारी दिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार