• मंगलबार, साउन १२ २०८३

हरेक १५ सेकेण्डमा कोरोनाबाट एक जनाको मृत्यु !


आइतबार, भाद्र ७ २०७७
660
Shares

काठमाडौं । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९०० जनाको मृत्यु भइरहेको पाइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबारसम्म लिइएको पछिल्लो दुई साताको आँकडाका आधारमा यो नतिजा निकालिएको हो ।

यसआधारमा हेर्दा एक घण्टामा २ सय ४६ र प्रति १५ सेकेण्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ ।

जोन्स हापकिन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा १ लाख ७५ जनाको मृत्यु भएको छ । त्यसपछि ब्राजिल, मेक्सिको, भारत र ब्रिटेनमा मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार