• बिहिबार, असोज १५ २०८३

मास्क लगाउनेबारे नयाँ नियम : डब्ल्यूएचओ


आइतबार, भाद्र ७ २०७७
755
Shares

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाबाट बच्न मास्क लगाउनेबारे नयाँ नियम जारी गरेको छ।

१२ वर्षभन्दा माथिका बालबालिकाले वयस्क व्यक्तिले जत्तिकै भाइरस फैलाउने उल्लेख गर्दै डब्ल्यूएचओले उनीहरुले पनि अनिवार्य मास्क लगाउनुपर्ने सल्लाह दिएको हो।

वयस्कका लागि जुन जुन नियम लागू गरिएका छन्, १२ वर्षमाथिका बालबालिकाले पनि त्यो पालना गर्नुपर्ने सुझाव दिएको छ।

डब्ल्यूएचओका अनुसार ५ वर्ष र त्यसभन्दा मुनि उमेरका बालबालिकाले भने मास्क लगाउन हुँदैन। तर ६ देखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गर्न तथा उनीहरुको हेरविचार गर्न पर्छ।

यस्तै डब्ल्यूएचओले ६० वर्षभन्दा कम उमेरका मानिसले कपडाको मास्क लगाउँदा पनि हुने र यसभन्दा माथि उमेरका र अन्य रोगबाट ग्रसित व्यक्तिले भने मेडिकल मास्क लगाउनुपर्ने जानकारी दिएको छ। बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार