• मंगलबार, साउन १२ २०८३

नेपालमा कोरोनाबाट थप एक महिलाको मृत्यु


आइतबार, भाद्र ७ २०७७
755
Shares


वीरगञ्ज । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।

नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

थाइराइडको विरामी उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार