• मंगलबार, साउन १२ २०८३

मोटरसाइकलमा आएका एक व्यक्ति प्रहरीकै अगाडि १६ लाख रुपैयाँ फालेर भागे


शनिबार, भाद्र ६ २०७७
1K
Shares

मोटरसाइकलमा आएका एक व्यक्तिले प्रहरीका अगाडि १६ लाख रुपैयाँ फालेर फरार भएका छन्।

शनिबार बिहान करिव ८ बजेतिर बाराको महागढी नगरपालिका ७ स्थित सडकमा प्रहरी चेकजाँचका क्रममा एक व्यक्तिले सो रकम फालेर फरार भएका हुन्।

प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा आएका ती व्यक्तिले आफूासँग भएको रातो झोला फालेर भागेको र उक्त झोालमा १६ लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए।

उक्त झोलामा नेपाली हजार रुपैयाँ दरका ७६१ थान ५०० दरका १ हजार ६७६ थान गरी १६ लाख रुपैयाँ रहेको उनले जनाकारी दिए।

‘लकडाउनको बेला हामीले सामान्य चेकजाँच गरिरहेका थियौँ, त्यसै क्रममा नम्बर नभएको भए मोटरसाइकलमा आएका व्यक्तिको जाँच गर्ने क्रममा उनी आफूसँग भएको राताे झोला फालेर भागेको र  उक्त झोालमा १६ लाख रुपैयाँ भएको खुलेको हो’, डीएसपी मिश्रले भने।

उनले मोटरसाइकलको नम्बर नखुल्दा अनुसन्धानमा अप्ठ्यारो भए पनि आफूहरु उक्त व्यक्तिको नजिक पुगिसेको उनले जानकारी दिए। उनले स्रोत नखुलेको रकम भएका कारण ती व्यक्ति सो रुयैयाँ फालेर भागेको हुनसक्ने बताए।

 उनले चालकको खोजी भइरहेको र पक्राउ परेको रकम राजश्व कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिए। -नेपालखबर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार