• मंगलबार, साउन १२ २०८३

कोरोनाका कारण बेरोजगार बनेका इन्जिनियर लुटपाट र अपहरणमा संलग्न


शनिबार, भाद्र ६ २०७७
685
Shares

कोरोना भाइरसको प्रकोपपछि विश्वभर लकडाउनको अवस्था धेरै स्थानमा जारी छ।

विश्वभर लाखौं मानिसले कोरोना महामारीकै कारण रोजगारी गुमाएका छन्। भारतमा पनि यस्तै समस्याको सामना नागरिकहरुले गरिरहेका छन्।

लकडाउनका कारण धेरैले जागिर गुमाएपछि भारतमा आपराधिक क्रियाकलाप बढ्दै गएको भारतीय संचार माध्यमले जनाएका छन्।

हालै दिल्लीमा जागिर गुमाएर बेरोजगार बनेका ३ साथी मिलेर लुटपाट मच्चाए। उनीहरुले प्रहरीको भेषमा लुटपाट गर्नुका साथै केहीलाई अपहरणको प्रयास पनि गरेको जनाइएको छ।

तर उनीहरुको आपराधिक गतिविधि धेरै समय चल्न सकेन। प्रहरीले स्वप्निल, रवि र केसब नाम गरेका तीन व्यक्तिलाई हाल पक्राउ गरेको छ जसले गत अगष्ट १८ मा मन्दिप र जगदिप नाम गरेका दुई युवालाई अपहरण गरेर उनीहरुको फोन लगायतका सामग्री लुटेका थिए।

प्रहरीकै भेषमा आपराधिक क्रियाकलाप हुन थालेपछि सयौं सीसीटीभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको बाताइएको छ।

प्रहरीका अनुसार उनीहरुले अन्य धेरै स्थानमा प्रहरीको भेषमा लुटपाट मच्चाका छन्।

पक्राउ परेका तीनै व्यक्तिहरु राम्रो रोजगारीमा संलग्न भएका व्यक्ति हुन्। उनीहरु इन्जिनियर, व्यावसायीहरु भएको बताइएको छ। इन्डिया टुडे

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार