• शनिबार, भाद्र २० २०८३

गण्डकीमा शनिबार थपिए २४ जना संक्रमित


शनिबार, भाद्र ६ २०७७
1.2K
Shares

पोखरामा शनिबारमात्र १६ जना कोरोना संक्रमित देखिएका छन्। जसमा ३ जना सशस्त्र प्रहरी प्रदेश प्रहरी गणमा कार्यरत ३ जना छन्। स्याङ्जामा खटिएर फर्किएका गणका प्रहरीमा यसअघि १६ जनामा संक्रमण भेटिएको थियो।

शनिबार देखिएका संक्रमितमा १ जना जिल्ला मालपोत कार्यालय कास्कीका कर्मचारी, १ जना बैंक अफ काठमाडौंका कर्मचारी र १ जना गरिमा विकास बैंकका कर्मचारीको परिवार रहेको पोखरा महानगरका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए।

उनीहरूलाई कोरोना संक्रमणको आशंकामा पिसिआर परीक्षण गरिएको थियो। शनिबार पोखरामा भेटिएका बाँकी १० जना भने यसअघि नै देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा पुष्टि भएका हुन्।

संक्रमितहरूलाई आइसोलेसन लैजाने तयारी गरेको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए।

यस्तै, शनिबार बाग्लुङ नगरपालिकामा १ जना, तनहुँको भीमाद नगरपालिका  र आँबुखैरेनी गाउँपालिकामा १/१ जना संक्रमित फेला परेका छन्।

यसैगरी स्याङ्जाको वालिङ नगरपालिका, फेदीखोला गाउँपालिका र नवलपुरको देवचुली र कावासोती नगरपालिकामा पनि १/१ जना संक्रमित फेला परेका छन्।

यीसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ८ सय ६८ पुगेको छ। जसमध्ये पोखराका  मात्रै २ सय ५९ जना संक्रमित छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार