• मंगलबार, साउन १२ २०८३

कस्तो मास्क लगाउँछन् बिल गेट्स ?


शनिबार, भाद्र ६ २०७७
955
Shares

बिश्वबजारमा मास्क अनेक प्रकार तथा मूल्यका उपलब्ध छन् । यस्तो अवस्थामा विश्वका सर्वाधिक धनी अर्बपतिहरुले कस्ता मास्क लगाउँदछन् होला ? यो सबैको चासोको विषय हो ।

माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक तथा विश्वका सर्वाधिक धनी व्यक्तिको दोश्रो स्थानमा रहेका बिल गेट्सलाई उनले लगाउने मास्कको प्रकारका बारेमा हालै सोधियो ।

वायर्डसँगको उक्त अन्तर्वार्ताका क्रममा गेट्सले आफूले लगाउने मास्कका बारेमा खुलासा गरेका छन् । गेट्सले आफूले देख्दा अनाकर्षक लाग्ने तथा सामान्य खालको मास्क लगाउने गरेको बताएका छन् ।

आफूले लगाउने मास्क सर्जिकल मास्क जस्तै रहेको र हरेक दिन पूरानो मास्क फ्याँकेर नयाँ मास्क लगाउने गरेको उनले बताएका छन् । तर कुनै डिजाइनर मास्क वा सिर्जनात्मक डिजाइन सहितको मास्क लगाउनु पर्छ कि भन्ने पनि उनलाई लागेको छ ।

माइक्रोसफ्ट सहसस्थापक बिल गेट्सलाई हाल जारी कोरोना भाइरस महामारी कहिले अन्त्य होला ? भनेर सोधियो ।

यस विषयमा बोल्दै उनले भ्याक्सिन तथा अन्य विषयमा भैरहेका अन्वेषणहरु उत्साहप्रद रहेको भन्दै विकशित मुलुकहरुमा सन् २०२१ को अन्त्य सम्ममा महामारी नियन्त्रणमा आउने बताए ।

गेट्सका अनुसार विश्वभर नै कोरोना भाइरस महामारी अन्त्य हुन भने २०२२ को अन्त्यसम्म कुर्नुपर्नेछ ।

एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार