• मंगलबार, साउन १२ २०८३

टिकटक खरिद गर्ने ट्विटरको योजना


शनिबार, भाद्र ६ २०७७
905
Shares

अमेरिकामा प्रतिबन्धित हुने चरणमा रहेको लोकप्रिय सोसल मिडिया एप टिकटक खरिद गर्नका लागि एक पछि अर्को अमेरिकी कम्पनीहरुले रुचि देखाएका छन् ।

यसअघि माइक्रोसफ्ट कम्पनीले अमेरिकास्थित टिकटकको व्यवसाय खरिद गर्ने सम्झौता गर्न लागेको खबर आएको थियो । माइक्रोसफ्टले टिकटक खरिद गर्ने उक्त हल्लाको टुंगो नलाग्दै अर्को अमेरिकी कम्पनी ट्विटरले टिकटक खरिद गर्ने इच्छा व्यक्त गरेको छ ।

अमेरिकामा टिकटकको कारोबार खरिद गर्ने इच्छा व्यक्त गर्दै ट्विटरले टिकटकको मातृ कम्पनी बाइटडान्ससँग वार्ता अघि बढाएको समाचार सार्वजनिक भएको छ ।

अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुले टिकटकसँगको कारोबार आगामी ४५ दिनभित्रमा बन्द गर्नुपर्ने कार्यकारी आदेश जारी गरेसँगै अमेरिकमा टिकटकको भविष्य अनिश्चित बनेको छ ।

अब कुनै अमेरिकी कम्पनीले अमेरिकास्थित टिकटकको स्वामित्व खरिद नगरेको खण्डमा अमेरिकामा टिकटक बन्द हुने निश्चित छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार