• आइतबार, साउन १० २०८३

चितवन र पर्सामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु


शनिबार, भाद्र ६ २०७७
740
Shares

चितवन । चितवन र पर्सामा गरी शनिबार दुइ जनाकाे मृत्यु भएकाे छ । चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका कोरोना संक्रमित एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

भदौ तीन गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक वृद्धको विहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो ।

उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ ।

त्यस्तै पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार