• मंगलबार, साउन १२ २०८३

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बार्यनको भेट


शनिबार, भाद्र ६ २०७७
670
Shares

पोर्चुगल : यूईएफए च्याम्पियन्स लिगको फाइलनमा जर्मन क्लब बार्यन म्युनिखले फ्रान्सेली क्लब पीएसजीसँगको भेट पक्का गरेको छ । गएराति भएको खेलमा फ्रेन्च क्लब लियोनलाई ३–० ले पराजित गर्दै बार्यन च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सफल भएको हो । 

पोर्चुगलको स्टाडियो जोस एल्भालडेमा भएको खेलमा बायर्नलाई जित दिलाउन सर्ज जिनाब्रेले २ तथा रोवर्ट लेवान्डोस्कीले १ गोलको योगदान दिए ।खेलको १८औं मिनेटमा जिनाब्रेले जोसुवा किमिचको पासलाई सदुपयोग गर्दै बायर्नलाई अग्रता दिलाए । 

३३औं मिनेटमा जिनाब्रेले नै बायर्नको अग्रता दोब्बर पारे । उनले इभान पेरिसिचको क्रसमा लेवान्डोस्कीले गरेको प्रहारलाई लियोनका गोलरक्षक एन्थोनी लोपेजले बचाउ गर्ने क्रममा आएको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए । 

८८औं मिनेटमा किमिचको फ्रीकिक क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै लेवान्डोस्कीले बायर्नका लागि ३–० को जित सुनिश्चित गरिदिए ।  

बार्यन र  पीएसजीबीचको फाइनल खेल आइतबार हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार