• सोमबार, साउन ११ २०८३

गण्डकीमा नदीले बगाएर २ जना बेपत्ता


शुक्रबार, भाद्र ५ २०७७
750
Shares

गण्डकी प्रदेशअन्तर्गत पर्वत र लमजुङ जिल्लामा दुई जना बेपत्ता भएका छन् ।

पर्वतको बिहादी गाउँपालिका—४ का ४२ वर्षीय बिष्णुप्रसाद भुषाल आफ्नै घरदेखि तीन किलोमिटर टाढा काली गण्डकी नदी किनारमा आफूले लगाएको टिसर्ट, कट्टु र मोबाइल राखी बेपत्ता भएको जानकारी प्राप्त भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार दिउँसो अन्दाजी १ः०० बजे उक्त घटना घटेको हो । त्यस्तै बिहीबार लमजुङको राईनस नगरपालिका—७ बाङ्ग्रेचोरको ओख्ले सागो नजिक चेपे नदीमा बाटोमा हिड्ने क्रममा अर्घाखाँची सन्धीखर्क घर भई मध्यपहाडी लोकमार्गको टिप्परको चालकको रुपमा काम गर्दै आएका २१ वर्षीय अनिल खड्का चिप्लिन गई चेपे नदीले बगाएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता दुबै जनाको खोजतलास भैरहेको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार